पर्यटक बढेसँगै चीन हवाई उडान बढ्दै, ७ वटा एयरलाइन्सले उडान अनुमति पाइसके

काठमाडौं । चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ । चीनले सन २०२३ को शुरुवातसँगै आफ्ना नागरिकहरूलाई विदेश भ्रमणका लागि खुला गरेको थियो । मासिक ४० देखि ५० हजारको हाराहारीमा चिनियाँ पर्यटक आउन थालेका छन् ।

विदेश खुला गरे पनि नेपाल चिनियाँहरूको भ्रमण गर्न दिने सूचीमा नरहेकोमा मार्चमा निकालेको दोस्रो सूचीमा भने नेपाललाई पनि समावेश गरेको थियो । नेपाललाई समेत समूहगत रुपमा भ्रमण गर्ने देशमा सूचीमा राखेपछि पछिल्लो समय चिनियाँ पर्यटक बढ्न थालेको हो । चिनियाँ पर्यटक बढेसँगै एयलाइन्स कम्पनीहरुले आफ्ना उडानहरु वृद्धि गर्न थालेको छ ।

नागरिक उडड्यन प्राधिकरणबाट नेपाल चीन उडान गर्न अनुमति प्राप्त गर्ने एयरलाइन्सको संख्या ७ पुगिसकेको छ । एयर चाइना, क्याथे प्यासिफिक एयरवेज, चाइना इष्टर्न, चाइना साउथर्नसँगै सुछ्वान एयरलाइन्सले समेत चीनका विभिन्न सहरहरूबाट काठमाडौं उडान गर्न नागरिक उडड्न प्राधिकरण(क्यान) बाट अनुमति लिइसकेको छ । तिब्बत एयरलान्सले सिआन काठमाडौंं रुटमा पुनः उडान गर्न अनुमति माग गरे पनि अहिलेसम्म अनुमति पाएको छैन ।

यो उडान सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सले बताएको छ । यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन् । हिमालयनले काठमाडौंं कुनमिङ रुपमा पनि हप्तामा २ उडान गर्ने अनुमति पाए पनि उडान भने सुरु गरिसकेको छैन ।

अहिले चिनियाँ पर्यटक बढेसँगै हवाई कनेक्टीभिटी बढ्न थालेको हो । कोभिड अगाडिकै स्तरमा उडान नभए पनि विस्तारै उडान संख्या भने बढदै जान थालेको छ । नेपाल एयरलाइन्सले पनि सातामा काठमाडौं हङकङ सेक्टरमा ३ उडान गर्ने गरेको छ ।

हिमालयनले काठमाडौं बेइजिङ रुटमा हप्तामा ५ वटा उडान गर्ने अनुमति पाए पनि शुरुवाती चरणमा हरेक शनिबारबाट एउटा उडान सुरु गरेको छ । नेपालको नेपाल एयरलाइन्ससँगै हिमालयन एयरलाइन्सले समेत चीन उडान गर्न अनुमति पाइसकेको छ ।

हिमालयनले कोभिडका कारण रोकिएको यो रूटको उडान गत शनिबारबाट नियमित थालेको जनाएको छ । यससँगै अब हरेक शनिबार एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स