नेपालमा पहिलो पटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भित्रिने तयारीमा, यस्ता छन् फिचर र मूल्य

काठमाडौं । नेपाली बजारमा पहिलो पटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भित्रिने भएको छ । नेपाली बजारमा पहिले देखिनै करोड मूल्यको हाराहारीमा उपलब्ध बीएमडब्ल्यु कार अन्य ब्रान्डको तुलनामा फरक पहिचान कायम गरेका छन् ।

नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले सो इलेक्ट्रिक एसयूभी भित्र्याउने भएको हो । नेपाली बजारमा बीएमडब्ल्यु आईएक्स३ को एम स्पोर्ट्स भेरिएन्ट उपलब्ध हुनेछ ।

बीएमडब्ल्यु आईएक्स३ मा २१० किलोवाटको मोटर हुनेछ । यसमा ८० किलोवाट आवरको ब्याट्री हुनेछ, जसले सिंगल चार्जमा ४६० किलोमिटर सम्मको रेन्ज दिनेछ । यसलाई ११ किलोवाटको एसी र १५० किलोवाटको डीसी चार्जर तथा मोड २ को फ्लेक्जिबल चार्जरले चार्ज गर्न सकिन्छ । यसले २८६ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । १८० किलोमिटरको टप स्पिड भएको सो इलेक्ट्रिक कारले ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति ६.८ सेकेन्डमै लिन सक्छ ।

गाडीमा विभिन्न आकर्षक फिचर र प्रविधि प्रयोग गरिएको छ । यसको बाहिरी भागमा हाई बिम असिस्टेन्स सहितको एडेप्टिभ हेडलाइट र लोगो तथा बीएमडब्ल्युको पहिचान झल्काउने विभिन्न फिचर छन् ।

सुरक्षाका लागि यसमा एक्टिभ प्रोटेक्सन, एडेप्टिभ सस्पेन्सन, एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, हेडअप डिस्प्ले, ब्रेक इनर्जी रिजेन, ब्रेक प्याड वेयर इन्डिकेटर, क्र्यास सेन्सर, ब्रेकिङ फङसन सहितको क्रुज कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टिङ, पार्किङ असिस्टेन्स प्लस, रेन सेन्सर लगायतका विभिन्न फिचर छन् ।

यी वाहेक अनगिन्ती कम्फर्ट र इन्टेरियर इक्विपमेन्ट रहेका छन् भने कम्युनिकेसन एन्ड इन्फोटेनमेन्टका लागि पनि १६ स्पिकर सहितका विभिन्न फिचर भएका इक्विपमेन्ट उपलब्ध छन् ।

बीएमडब्ल्युका अन्य कारहरू समेत प्रिमियम मूल्यमा उपलब्ध छन् । यसको फिचर र मूल्यको वारेमा भने कम्पनीले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । यो गाडीको मूल्य अहिले सार्वजनिक भएको छैन । यद्यपि यसको मूल्य २ करोड रुपैयाँ भन्दा बढी पर्ने अनुमान गर्न सकिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स