नवनिर्वाचित सिएनआई पदाधिकारी र देउवाबीच छलफल, आर्थिक मुद्धालाई पहिलो प्राथमकितामा राख्न आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।

उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउँदै राजनीतिक दलहरुले आर्थिक मुद्धालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि अध्यक्ष अग्रवालले जोड दिए ।

सो अवसरमा कांग्रेस सभापति देउवाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।

उक्त भेटमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स