डिसहोमले आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । डिस मिडिया नेटवर्कले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा असार १२ गते आईपीओ नियकाशनको लागि अनुमति माग गर्दै आवेदन दिएको हो ।

बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स