फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो, दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औं स्थानमा झरेको हो । यसअघि नेपाल १७४औं स्थानमा रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औं स्थानमा छ । यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ । यसैगरी बंगलादेश १९२औं स्थानमा यथावत छ भने पाकिस्तान २०१औं स्थानमा झरेको छ । श्रीलंका २०७औं स्थानमा छ ।

विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ । त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स