सिङ्गटी हाइड्रो इनर्जीको प्रवन्ध सञ्चालकमा सुदिप खड्का

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको १२ र १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारण सभाले संस्थापक सेयरधनीबाट ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक चयन गरिएको छ ।

साधारण सभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट सुदिप खड्का, रजनी थापा, सुदिप राज गौतम र विजि ग्रूप प्रा.लिका प्रतिनिधि सुनिल केसी र सर्वसाधारण सेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा निर्वचित भएका हुन् ।

यस्तै आजै बसेको संचालक समितिको बैठकले सुदिप खड्कालाई सर्वसम्मत रुपमा प्रवन्ध सञ्चालकमा चयन गरेको छ । नव निर्वाचित संचालकहरूको कार्यकाल ४ वर्षको लागि हुनेछ ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड (२५ मेगावाट)नेपालको सुपर सिक्स आयोजना मध्येको एक हो ।े २ वर्षअघि निर्माण सम्पन्न भएको यो आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

जलप्रवाहमा आधारित यस आयोजनाबाट २५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्दछ । आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स