करिब ६ अर्बको कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३३ लाखको कित्ता सेयर ५ अर्ब ९७ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८३ करोड ७० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको २८ करोड १६ लाख, सोल्टी होटलको २३ करोड ५५ लाख, एसियन लाइफ इन्स्योरेन्सको १९ करोड ५० लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १७ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स