ललिता निवास जग्गा प्रकरणः पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित आजै ७ जना पक्राउ, अब पालो कस्को ?

काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शाहलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको हो । शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएपछि सीआईबीले पक्राउ गरेको हो ।

शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ सम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा थिए । उनले ललिता निवासको जग्गा हत्याउने क्रममा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ । शाहले पाएको १ रोपनी ११ आना जग्गा पत्नी उर्मिला शाहको नाममा नामसारी गरेको बुझिएको छ ।

ललिता निवास प्रकरणमा शाहसहित हालसम्म मंगलबार सात जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्व सहसचिव कलाधर देउजा, पूर्व उपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की रहेका छन् ।

उक्त जग्गाको प्रकरणमा उनीहरूसहित उच्च पदस्त राजनीतिज्ञको समेत मिलिमतो रहेको भन्दै २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायरा गरेको थियो । ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो।

ललिता निवास प्रकरण नेपालको सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरण मध्य एक हो । यसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल, पूर्व मन्त्री, अख्तियारका पूर्व प्रमुख आयुक्त देखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् । पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीसमेत यस मुद्दामा तानिएका थिए । पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेतको नाम पनि यो सूचीमा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स