बालेन शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्चकोे आदेश, लिखित जवाफको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफमा माग्न आदेश गरेको हो ।

शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी थिइन् । उक्त निवेदनमाथि मंगलबार न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरेर लिखित जवाफ माग गर्न आदेश भएको जानकारी दिए ।

हिन्दी सिनेमा ‘आदिपुरुष’ मा सिता भारतकी छोरी हुन् प्रचार गरिएपछि मेयर साहले उक्त सिनेमा काठमाडौं महानगरपालिका चल्न नदिने भन्दै प्रतिबन्ध लगाएका थिए । प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयन गर्न रोक लगाएको थियो ।

उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै मेयर साहले सामाजिक संजालमा घोषणा गरेका थिए । अदालत पाटनले रोक लगाएपछि मेयर साहले सामाजिक संजाल फेसबुकमा लेखेका थिए । अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु । फिल्म चल्दैन र चल्न दिइने छैन ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स