काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको असोज १७ गते (आइतबार) बसेको ९४ औं बैठकले २३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
लघुवित्तले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण गरिनेछ ।