राष्ट्र बैंकले भन्यो –‘रेमिट्यान्स बैंक तथा वित्तीय संस्थाबाटमात्रै पठाउनुस्, अन्य खाताको भन्दा १ प्रतिशत बढी ब्याज पाउनु हुनेछ’

काठमाडौं । वैदेशिक रोजगारीमा गएकालाई राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट मात्रै पैसा पठाउन सुझाएको छ । आज वित्तीय चेतनाको लागि भन्दै एक सूचना जारी गरेर राष्ट्र बैंके रेमिट्यान्स बैंक तथा वित्तीय संस्थाबाटमात्रै पठाउनन भनेको हो । उसले भनेको छ –‘अन्य खाताको भन्दा १ प्रतिशत बढी पाउनु हुनेछ ।’

रेमिट्यान्स रकमलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन र बचत गर्ने बानीलाई प्रोत्साहन गरी पुँजी निर्माणको कार्यलाई प्रभावकरी बनाउन वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स बचत÷मुद्दती खातामा जम्मा गरेमा कम्तीमा १ प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

‘आफूले दुःख गरेर आर्जेको रकम योजनाबद्ध रुपले बचत गर्ने राष्ट्र बैंकले मार्ग निर्देश गरेको हो । बैंकहरूले बचत र मुद्दती खातामा फरक फरक ब्याजदर प्रदान गरेका छन् । बचत खातामा पनि योजनाअनुसार फरक फरक ब्याजद रहेको पाइन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स