काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १३ गते साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धित कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गर्ने बैंकले जनाएको छ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार सो प्रयोजनका लागि कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तले कात्तिक १३ गते, शनिबार, बिहान ११ बजे, होटल गोरखा बिसौनी, गोरखामा ५ वार्षिक साधारण सभा डाकेको छ ।