अप्पर स्यांगे हाइड्रोपावरको आईपीओमा दोसो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । अप्पर स्यांगे हाइड्रोपावर लिमिटेडको आईपीओमा दोसो दिनसम्म १२.११ गुणाबढी आवेदन परेको छ ।

सोमबार साँझ ५ः११ बजेसम्ममा ५ लाख ८८ हजार ७९५ आवेदनबाट ६५ करोड ३७ लाख २९ हजार रुपैयाँ बराबरको ६५ लाख ३७ हजार २९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको ५ लाख ३९ हजार ५०० कित्ता सेयरको १२.११ गुणा बढी हो ।

कम्पनीले असार १० गतेबाट सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ ।

यस्तै ६ लाख ५० हजारको २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम् १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले असार १३ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्भकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले लमजुंग जिल्लाको मस्र्याङदी गा।पा। वडा नं. ४, स्यांगे नदीमा २।४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८र११र१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ ।

कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स