४ कम्पनीमा सर्किट लाग्दा यी १० कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १९ लाखको कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन लाइफ इन्स्योरेन्सको १०%, बिपिडब्लु लघुवित्तको ९.९९%, सिटी होटलको ९.९९%, सिभिल लघुवित्तको ९.९७ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

माउन्टेन इनर्जि नेपालको ९.७६%, आशा लघुवित्तको ९.४७%, मिथिला लघुवित्तको ९.४६%, डिप्रोक्स लघुवित्तको ९.३५%, ग्रामीण विकास लघुवित्तको ८.२२% र तारा गाँउ रिजेन्सीको ७.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स