चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा चिलिमे इन्जिनियरिङबाट प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा र सिद्धार्थ क्यापिटलका तर्फबाट सन्दीप कार्की हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रम सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स