पल्सर एनएस १६० र एनएस २०० बीएस ६ भर्सनको बुकिङ खुल्ने, कति छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा पल्सर  एनएस १६० र एनएस २०० बीएस ६ भर्सनको बुकिङ खुल्ने भएको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले विभिन्न शोरुमहरूमार्फत यसको बुकिङ खुल्ने बताएको छ ।

यो नयाँ अपडेटेड भर्सनमा टेलिस्कोपिक फोर्कलाई अपसाइड डाउन युनिटमा जडान गरिएको छ । स्ट्यान्डर्ड भर्सनमा डुअल– च्यानल एबीएस सिस्टम राखिएको छ । तर यी मोडलमा इन्जिनको स्पेकहरु केही परिवर्तन गरिएका छैनन् ।

एनएस २०० मोडल पहिलेको भन्दा कम वेटको छ । यसअघि १५९.५ केजीबाट १५८ केजीमा तयार पारिएको छ । एनएस १६० मा आयल–कुल्ड १६०.३ सीसी सिंगल सिलिन्डर मोटर भएको इन्जिन उपलब्ध छ ।

उक्त इन्जिनले १७.२ हर्सपावर र १४.६ एनएम टर्क उत्पादन गर्छ । यस्तै, एनएस २०० मा लिक्वीड कुल्ड १९९.५ सीसी क्षमताको इन्जिन रहेको छ । यसले २४.५ हर्सपावर र १८.७ एनएम टर्क उत्पादन गर्छ ।

अलोय ह्विल पनि पहिले भन्दा हलुका छ भने फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक छ । पहिले बाइब्री क्यालिपर भएकोमा अहिले ग्रिमेकाको प्रयोग भएको छ भने ड्युअल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा रहेको छ ।

इन्स्ट्रयुमेन्ट क्लस्टर उस्तै भए पनि यसमा अब गियर पोजिसन इन्डिकेटर, फ्युल इफिसियन्सी, डिस्टेन्स टु इम्पटी अदि फिचर देखाउने सुविधा छ ।

यी दुबै बाइकहरू उस्तै उस्तै देखिन्छन् । तर यसको स्पेक, फिचर र पावरहरु फरक रहेका छन् । कम्पनीले विभिन्न सामाजिक सञ्जालमार्फत समेत यसको जानकारी दिएको छ । केही समय पश्चात यी बाइक बिक्रीका लागि उपलब्ध हुने र हाल बुकिङ खुल्ने क्रममा रहेको बताइएको छ ।

अन्य धेरै फिचर पहिलेको मोडलसँग मिल्ने भए पनि यी नयाँ बाइकमा भएको मूख्य परिवर्तन फ्रन्टमा ३३ एमएमको नयाँ अपसाइड डाउन फोर्क हो । आल्मूनियमबाट बनेकोले यसले तौल घटाउनमा समेत सहयोग गर्छ ।

बजाज पल्सर एनएस २०० बीएस ६ को मूल्य ४ लाख २४ हजार ९ सय र एनएस १६० बीएस ६ को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स