राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाको लागि रोजगारी खुल्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनाका लागि स्थायी रोजगारी दिने भएको छ । ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनालाई रोजगारी दिन लागेको हो ।

बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले सबै प्रदेशमा रोजगारी दिन लागेको हो । रोजगारीका लागि असार १० गतेदेखि आवेदन दिन सकिने छ । आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ ।

आवेदन अनलाइनबाट नै दिन सकिने छ । आवेदन दिँदा लाग्ने शुल्क पनि अनलाइनबाट नै भुक्तानी गर्नुपर्ने छ । चौथो र पाँचौ तहका लागि आवेदन दिन ५ सय र ६ देखि ९ तहसम्मका लागि ७ सय रुपैयाँ लाग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स