घोराही सिमेन्टको आईपीओका सम्बन्धमा भ्रम पूर्ण समाचार आएको भन्दै कम्पनीले जारी गर्यो यस्तो प्रेस विज्ञप्ती

 

काठमाडौं । घोराही सिमेन्ट ईण्डष्टीको प्रिमियम मूल्यमा आईपीओ सेयर निष्काशनको खुला अवधि भित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्याति माथि नकारात्मक असर पुर्याउने उद्देश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाह प्रति यस उद्योगको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ । बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण विषयहरूको बारेमा पूर्ण पारदर्शी रुपमा स्पष्ट पार्न यस उद्योग सदा तत्पर रहेको व्यहोरा अनुरोध छ ।

सेयरको सार्वजनिक निष्काशन हुनु भन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत बिभिन्न नियामक निकायहरूको पूर्ण सहभागिता रहेको हुन्छ । निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उद्योगबाट पेश भएका विवरण पत्र, वितिय विवरण, तथा क्रेडिट रेटिङ प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरूको जिम्मेवारी लिन उद्योग सदैव तत्पर छ ।

धितोपत्र बोडद्वारा स्वीकृत भए पश्चात निष्काशन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरि सेयर बाँडफाँट भईसकेको अवस्था छ ।

सर्वसाधारणको लागि खुला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले सेयर निष्काशन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको छ । सार्वजानिक निष्काशन स्थगन गर्ने पत्रमा घोराही सिमेन्टलाई बोधार्थ मात्र दिईएको छ ।

क्रेडिट रेटिङ प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्यांकनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रवद्र्धकहरूको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पार्न चाहन्छौं ।

नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ सम्बन्धमा सम्बन्धित क्रेडट रेटिङ कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुठा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरि तत्काल नै रोकिन गएको सेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा उद्योग विश्वस्त छ ।

अमूल्य विदेशी मुद्रा संचिति तथा स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि ३ हजार भन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको पूर्ण रुपमा स्वदेशी लगानीकर्ताहरूबाट प्रवद्र्धित देशकै ठूलो मध्ये एक उद्योगलाई निरुत्साहित गर्ने कार्यमा सम्लग्न लगानी विरोधि समूह तथा सो समूहबाट प्रायोजित कार्य तथा समाचार प्रति उद्योग खेद व्यक्त गर्दछ ।

यस उद्योगमा लगानी गर्ने सेयरहोल्डर, आवेदनकर्ता, तथा सम्बन्धित सबैको लगानी सुरक्षाको प्रत्याभूतीको लागि उद्योग पूर्ण रुपमा प्रतिवद्ध छ । स्वदेशी लगानी तथा औद्योगिक क्षेत्रमा सर्वसाधारणको हिस्सेदारी अभिवृद्धि गर्ने कार्यमा सहयोग पुर्याउन नियामक निकाय, पत्रकार, लगानीकर्ता लगायत सम्पूर्णमा सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

साथै उद्योग प्रति विश्वास गरि लगानीको लागि आवेदन गर्ने सम्पूर्ण लगानीकर्ताहरूमा पर्न गएको असुविधा प्रति उद्योग क्षमाप्रार्थी भएको घोराही सिमेन्टद्वारा प्रेसित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स