बालेन्द्र शाहको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमः धूलोमुक्त सहर, ३ वर्ष सम्पन्न गर्ने १० गौरवका आयोजना(पूर्णपाठ)

सवारी साधन पार्किङ भवन निर्मण गरे नक्सापासमा ९० प्रतिशत शुल्क छुट

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरपालिकाका सम्पूर्ण सडकहरुलाई आगामी ३ वर्षभित्र गुणस्तरीय पक्की सडकमा रुपान्तरण गर्न गर्ने बताएका छन् । मेयर शाहले सडपेटीको स्तरोन्ततिका लागि धुलो रहित काठमाडौं गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याउने आज उनले ल्याउको सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उनले लिन लागेको नीति अनुसार काठमाडौं महानगरपालिकाले धुलो रहित बन्ने छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर प्रमुख शाहले महानगरभित्रका सार्वजनिक जग्गाहरू अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाइ खुला क्षेत्रको रुपमा विकास गरिने उनले उल्लेख गरेको छन् ।
महानगरमा पार्किङका लागि बनाइने भवनको नक्सा पासमा ९० प्रतिशत छुट पर्ने व्यवस्था गर्ने पनि उनले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । काठमाडौं महानगरमा सवारी साधन पार्किङ प्रयोजनको भवन निर्माण स्वीकृतिका लागि गरिने नक्सा पासमा लाग्ने दस्तुरमा छुट दिने भएका छन ् ।

‘काठमाडौं महानगरपालिकाले निजी क्षेत्र संघसंस्था तथा व्यक्ति विशेषले सवारी साधन पार्किङ प्रयोजनको मात्र भवन निर्माण स्वीकृतिका लागि नक्सा पेस गरेमा निर्माण हुने भवनको नक्सापास वातपको लाग्ने कुल दस्तुरमा ९० प्रतिशत छुट दिइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ ।

महानगरले सबैका लागि पार्किङ सुविधा कार्यक्रम सञ्चालनका लागि मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याएने भएको छ । काठमाडौं महानगरपालिकाले फ्लोर एरिया रेसियो ‘फार’को मापदण्ड उल्लंघन हुने गरि निर्माण भएर अभिलेखीकरण भएका र हुन बाँकी संरचनाको हकमा कर बढाउने भएको छ ।

फ्लोर एरिया रेसियोको सुविधाभन्दा बढि निर्माण भई अभिलेखीकरण भइसकेका र हुन बाँकी भवन संरचनाहरुको सम्पत्ति कर बढाइने गरि आर्थिक ऐनमा व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकामा फ्लोर एरिया रेसियो ‘भुई क्षेत्रको अनुपात’ को हालको मापदण्डअनुसार काठमाडौं उपत्यकामा व्यापारिक तथा सभासम्मेलन भवनमा ३.५ मिटर, आवासिय भवनमा ४.० मिटर, मिश्रित आवासिय भवनका लागि ४.५ मिटर र संस्थागत भवनका लागि २.५ मिटर भुई क्षेत्रको अनुपात हुनुपर्ने व्यवस्था छ ।

१० वटा महानगरका गौरवका आयोजना, ३ वर्षमा सम्पन्न हुने
मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने गरी ३ वर्षभित्रमा सम्पन्न हुने गरि १० वटा महानगर ‘गौरव योजना’हरु सञ्चालन गर्ने बताएका हुन् ।

यी योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यावसायिक र व्यवस्थित सहरको निर्र्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गरिने पनि बालेनले बताएका छन् । महानगर स्वर्णिम योजनाका रुपमा स्वचालित संयन्त्र बनाई सञ्चालन गर्ने नीति पनि महानगरले लिएको छ ।

साथै, स्थानीय आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्नुपर्ने हरेक वडाबाट प्राप्त भएका योजनाहरुलाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यानवयन नीति तथा कार्यक्रममा समेटिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/06/kmc-purnapath.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स