थ्रीस्टार हाइड्रोपावरको आईपीओमा दोस्रो दिन सम्म पर्यो यति धेरै आवेदन, ८.२० गुणा बढी सेयर माग

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओमा दोस्रो दिन सम्म ८.२० गुणा बढी आवेदन परेको छ ।

बुधबार साँझ ५ः१० बजेसम्ममा ४ लाख ४८ हजार ६३७ जना आवेदकबाट ५० करोड ३१ लाख ५३ हजार रुपैयाँ बराबरको ५० लाख ३१ हजार ५३० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख १३ हजार १६२ कित्ता सेयरको ८.२० गुणा बढी हो ।

कम्पनीले असार ५ गतेबाट सर्वसाधारणका लागि ६ लाख १३ हजार १ सय ६२ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र १७ गते कम्पनीलाई सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स