काठमाडौं । घोराही सिमेन्टको आईपीओमा ठूलो मात्रामा फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यस विषयमा अध्यन गर्न छानबिन समिति गठन गरेको छ । सेबोनअन्तर्गतको धितोपत्र दलाल महाशाखा प्रमुख दिपेश ताम्राकारको संयोजनमा सो विषयको अध्ययन गर्न छानबिन समिति सबोनका अध्यक्ष रमेश हमाललले जानकारी दिए ।
जेठ २१ गतेबाट सर्वसाधारणको लागि खुला गरिएको सो कम्पनीको आईपीओमा १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको साथै अन्य आवेदकको समेत छानबिन गर्न समिति गठन गरेको उनले बताए ।
ती १२ जनाले खातामा रकमै नभई कुल १ करोड २० लाख कित्ताको आवेदन पेश गरेका थिए । १० लाख कित्ताका लागि आवेदन दिँदा बैंक खातामा कम्तीमा ४३ करोड ३५ लाख हुनुपर्नेमा कम पैसा भेटिएको हो ।
कम्पनीको आईपीओमा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको ५ अर्ब २० करोड २० लाख रुपैयाँबराबरको आवेदन रिजेक्ट भइसकेको छ । आईपीआकोे विषयलाई लिएर टिका टिप्पणी गरेपछि कम्पनीले चलाखी पूर्ण तरिकाबाट ओभर सस् क्राइबर देखाउन फर्जी आईपीओ भर्न लगाएको बताए ।
सर्वसाधारणलाई अन्योलमा पारेर जालसाझी गरेको प्रमाणित भएमा धितोपत्र ऐनअनुसार सजाय हुनेछ । ऐनको दफा ९८ अनुसार जालसाझीयुक्त कारोबार गरेको प्रमाणित भएमा दफा १०१ को उपदफा ३ अनुसार १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएमा क्षतिपूर्तिसमेत भराउने व्यवस्था समेत ऐनले गरेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार सृजा पोखरेल, मिथिलेशकुमार मेहता, नवीन खत्री, अनिल राणा, रन्जना ढकाल पौडेल र सुमित्रा बमले दिएको आवेदन १० लाख कित्ताभन्दा बढीको आवेदन परेको छ । प्रेमप्रसाद आचार्य, उज्वल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री र मनोज पाठकले १० लाख कित्ताभन्दा बढीको लागि आवेदन दिएका हुन् ।
सीडीएससी एण्ड क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृतका अनुसार हिजो स्थगन हुनुभन्दा अघिसम्म १ करोड ३६ लाख कित्ता आईपीओको भेरिफिकेसन भएको थियो । सोमध्येबाट १२ जना जसले १० लाख कित्ता आईपीओको लागि आवेदन दिएका थिए । ‘उनीहरूले खातामा पैसा नै नभइ सो आईपीओ भरेको पाइएको हो,’ उनले भने ।
‘कम्पनीले भने यस विषयमा हाम्रो अण्डर राइटिङ कम्पनी भनेको नागरिक लगानी कोष हो । यदि सर्वसाधारणको आवेदनबाट नपुगेको भए उसले किनिहाल्थ्यो, हामीलाई यस विषयमा टाउको दुखाउनु नपर्ने भन्ने भनाइ राखेको सीईओ आचार्यले हाम्रोअर्थलाई जानकारी दिए ।