काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक विकास बैंकको पौने १४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको ४.४१ प्रतिशत दरका कुल १३ लाख ८५ हजार ८७६.४६६७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।