सिटी होटलमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ८६ लाख ३९ हजारको कित्ता सेयर ३ अर्ब ४९ करोड ८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटी होटलको सेयरमा ९.९७ प्रतिशतको सकरात्मक सर्किट लागेको छ । सोल्टी होटलको ७.३१%, बिपिडब्लु लघुवित्तको ६.१०%, इङ्वा हाइड्रोपावरको ५.९५%, एनआइविएल ग्रोथ फण्डको ५.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, ग्रिन भेन्चरको ६.९८%, मेन्छियाम हाइड्रोपावरको ५.४८%, मानुषी लघुवित्तको ५.४१%, कर्पोरेट विकास बैंकको ५.११%, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको ४.९० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स