नेपालको आईसीसी विश्वकप छनोटमा पहिलो जित, ६ विकेटले जित्यो

काठमाडौं । आईसीसी विश्वकप छनोटमा नेपालको पहिलो जित भएको छ । नेपालले २०८ रनको लक्ष्यमा अमेरिकालाई हराएको हो नेपालले अमेरिकालाई ६ विकेटमा विजय हासिल गरेको छ ।

नेपाललाई जिताउन भीम सार्कीले नट आउट ७७ रन बनाए । जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे ।

अमेरिकाको सुरुवात निकै खराब थियो । पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स