माछापुच्छ्रे बैंक २२ औं वर्षमा प्रवेश

काठमाडौं । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ ।

जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ९कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधि भर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रधान गरी रहेको छ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुंङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन् ।

साथै सबल उत्कृष्ट एंव विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग सेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गदैं आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स