प्रभु लाइफद्धारा १० दिनमै मृत्यु दाबी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको १० दिनमै बीमा दावी भुक्तानी गरेको हो ।

२०७९ जेठ २७ गते यस कम्पनीमा बीमा गराएकी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका वडा नं. ३ निवासी तेतरी देवी मालीले बीमा वापत एक किस्ता जम्मा गरेकी थिइन् भने वर्ष दिन नपुग्दै उनको उपचारको क्रममा यही चैत २६ गते अकालमा मृत्यु हुन पुगेको थियो । मृत्यु पश्चात निजको श्रीमान् सहित परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो ।

कार्यक्रममा उपस्थिति सुस्ता गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष हरिलाल दुषादले जीवन संकटमा पर्न आउँदा आर्थिक प्रभावलाई न्यूनिकरण गर्ने एक उचित विकल्प जीवन बीमा रहेकोे बताए । साथै जीवन बीमा कम्पनीहरुले यसरी छिटो छरितो रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति नै विश्वास बढ्ने र आम जनता जीवन बीमा आकर्षित हुने कुरा बताए ।

कार्यक्रम कम्पनीको भुमही शाखा प्रमुख संगीता सिंजाली, एजेन्सी म्यानेजर सचिदानन्द माली लगायत स्थानीयको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स