घट्यो दुवै सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ११ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ३० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स