हुन्डाईका विद्युतीय गाडी अब ९.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आयोनिक ५ को खरिदमा नयाँ ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण(मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि यस्तो योजना ल्याएको जनाएको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत इच्छुक खरिदकर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्ष को लागि) हुन्डाई कोना र आयोनिक ५ खरिद गर्न सक्नेछन् । बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

हुन्डाई कोना ३ वटा भेरियन्टमा उपलप्ध छ । हुन्डाई कोना ३ को मूल्य ६०,९६,००० रूपैयाँ, जीएल ६१,९६,००० रूपैयाँ र जीएलएस भेरियन्टको र ६४,९६,००० रूपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै, क्ष्इल्क्ष्त्त छ न्ीक् ख्ष्कष्यल चयया भेरियन्ट १०,२९६,००० रूपैयाँमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स