नेप्सेमा ईङ्वा हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ईङ्वा हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।सोमबार कम्पनीको कुल ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को १८ लाख कित्ता रहेको छ ।

नेप्सेले कम्पनीलाई ‘आईएचएल’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ९७.२९ रुपैयाँदेखि अधिकतममा २९१.८७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ।

योसँगै, अब कम्पनीको सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने छ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स