काठमाडौं । कामना सेवा विकास बैंक र ट्रानक्युलिटी स्पाबीच आज आइतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले ट्राक्युलिटी स्पाका सम्पूर्ण आउटलेटले प्रदान गर्ने मसाज थेरापी तथा सलुन सेवाहरुमा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा सुविधाहरुमा ५०. प्रतिशत सम्मको छुटको समेत व्यवस्था रहेकोे छ।
बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।