‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ को नयाँ लोगो सार्वजनिक, ९० करोडको एफपीओ जारी गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्सले एकीकृत कारोबार पश्चातको ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ को नयाँ लोगो सार्वजनिक गरेको छ ।

संयुक्त मर्जर समितिको निर्णय अनुसार दुवै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकिकृत कारोबार पछि प्रचलनमा ल्याइने ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ को लोगो सार्वजनिक गरेको हो ।

प्रभु लाइफ र महालक्ष्मी लाईफलाई नेपाल बीमा प्राधिकरणले जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको कम्पनीले जनाएको छ ।

बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपीओ जारी गर्ने सहमति भएको कम्पनीले जानकारी दिएको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाईफको देशै भरी १६७ शाखा , उपशाखा संचालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन । प्रभु लाईफको बोनस शेयर जारी पछि दुबै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पूँजी हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स