नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालका बीच एक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (IIN) का बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच असार ३ गते पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित युनिभर्सिटी अफ पोम्पेउ फाब्रा बार्सिलोना स्कूल अफ म्यानेजमेन्ट (UPF-BSM) को वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमासँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।

सो सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र IIN का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स