काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ४ लघुवित्तको करिब साढे ५४ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।
आइतबार, युनिक नेपाल लघुवित्तको एफपीओ, साना किसान विकास लघुवित्त, उपकार लघुवित्त र नयाँ सारथी लघुवित्तको गरी कुल ५४ लाख २८ हजार ५८३.६८१८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसअनुसार, युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ रहेको छ। यो लघुवित्तले हालै सर्वसाधारणलाई एफपीओ बिक्री गरेको थियो।
त्यस्तै, साना किसान विकास लघुवित्तको २६ प्रतिशत दरका ४० लाख ६७ हजार ४७५.६९१८ कित्ता, उपकार लघुवित्तको ६१.७५ प्रतिशत दरका ४ लाख ५ हजार २३२ कित्ता र नयाँ सारथी लघुवित्तको १९ प्रतिशत दरका ५ लाख ७६ हजार ४५०.९९ कित्ता बोनस सेयर सूचीकृत भएका छ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।