सेयर बजारमा उछाल आउँदा यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाखको कित्ता सेयर ४ अर्ब ८६ करोड १२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ५६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १६ करोड ९२ लाख, सोल्टी होटलको १६ करोड ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड २४ लाख र नेपाल टेलिकमको १४ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स