नेप्सेमा मेन्छियाम हाइड्रोपावरको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मेन्छियाम हाइड्रोपावरको सेयर कारोबार सुचारु भएको छ । आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार २३२ रुपैयाँमा सुरु भएको हो ।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ७७.४५ रुपैयाँदेखि अधिकतममा २३२.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने व्यवस्था रहेकोमा उच्च बिन्दुबाट नै पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

नेप्सेले कम्पनीलाई ‘एमसीएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

बिहीबार कम्पनीको कुल ५४ लाख २५ हजार ८३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा संस्थापक समूहको ३७ लाख ९८ हजार २३ कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूहको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसमेत) १६ लाख २७ हजार ७५० कित्ता (३० प्रतिशत) रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स