यो बुलमा पनि लगानीकर्ताको पहिलो रोजाइमा परे निर्जीवन बीमा कम्पनीहरू

कुन कुन कम्पनीले पुर्याए चुक्ता पुँजी, कुन कुन कम्पनीको आउँदैछ हकप्रद

काठमाडौं । विगत वर्षको अन्त्यतिर ‘क्यापिटल प्लान’ को विषयले चर्चा पाइरहेको बेला धेरै निर्जीवन बीमा कम्पनीहरूले मर्जरमा जाने वा हकप्रद सेयर निष्काशन गर्ने दुविधामा पर्दै गर्दा लगानीकर्ताहरूले पनि सोही अनुसारको लगानीको रणनीति बनाएका थिए । तर, बीमा प्राधिकरणले मर्जरलाई प्राथमिकतामा राख्दा लागनीकर्ताहरूले कम्पनी मर्जरमा जाँदा वर्षौ कारोबार रोकिन्छ भनेर आत्तिएर सेयर बिक्री गर्दा यो सेक्टरमा निरन्तर एक साता नेगेटिभ सर्किट लागेर बजार चलेको थियो ।

जसले गर्दा मूल्य अत्याधिक न्यून विन्दुमा आएकोले लगानीकर्ताहरूको रोजाइमा यो सेक्टर पर्न गयो । यी कम्पनीका सेयर मूल्य अत्यधिक सस्तो भएकैले पनि लगानीकर्ताको पहिलो रोजाइमा यो सेक्टरको कम्पनीहरू पर्न गए । मर्जरको सवालमा थोरै समय कारोबार रोकिएर खुल्नाले बजारलाई खासै असर गरेन ।

मर्जर भएर आएका कम्पनीहरूमा कम्पनी अब मजबुद र राम्रो प्रतिफल दिन सक्छ भन्ने विश्लेषणका साथ धेरै लागनीकर्ताको रोजाइमा यो सेक्टर पर्न गयो । विगतको बुलमा पनि इन्स्योरेन्स र माइक्रोफाइनान्स सेक्टरले बुलको लिड गरेको थियो । २६६७ इन्डेक्ससम्म नेप्से परिसूचक पुग्दा विशेष गरी इन्स्योरेन्स र माइक्रोफाइनान्सले लिड गरेको थियो भने बैंकले बुललाई पच्छाइरहेको थियो । हालको स्थिति हेर्दाखेरी पुँजी बजारमा इतिहास दोहोरिन्छ भन्ने कुरालाई नकार्न नसकिने स्थिति देखिदै छ ।

निर्जीवन बीमा कम्पनीहरूमा अधिकांश मर्जरमा गएका कम्पनीहरूको २ अर्ब ५० करोड पुँजी पुगिसकेको छ । नपुगेको कम्पनीहरूको हकमा बोनसमार्फत पुँजी पुर्याउने अझ पनि नपुगेको खण्डमा हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउने तयारीमा यस सेक्टरका कम्पनीहरूको रणनीति रहेको छ ।

केहि कम्पनीहरू मर्जरमा नगइकन पनि बोनस र हकप्रदबाट पुँजी पुर्याउने कसरतमा केहि कम्पनीहरू लागेका छन् । जसमा बोनस र हकप्रद मार्फत पुँजी पुर्याउनेमा नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स देखिन्छन् भने शिखर इन्स्योरन्सको २ अर्ब ६५ करोड पुँजीसहित यो झमेलाबाट मुक्त छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ अर्ब ६२ करोड पुँजी छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ८० करोड पुँजी छ । नेको इन्स्योरेन्सको २ अर्ब १ करोड पुँजी भएको हुनाले यसले लगभग २५ प्रतिशत हकप्रद सेयर जारी गरेपश्चात यसको तोकिएको पुँजी पुग्ने देखिन्छ र कम्पनी त्यहि रणनीतिमा अगाडि बढेको देखिन्छ ।

हिमालय एभरेष्ट इन्स्योरेन्सको २ अर्ब २३ करोड पुँजी पुगेको छ भने यसले पनि हकप्रद जारी गरे पश्यात पुँजी पुग्ने देखिन्छ । त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि हकप्रद जारी गर्नुपर्ने देखिन्छ । हाल उक्त कम्पनीको १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको देखिन्छ ।

सबैभन्दा बढी पुँजी आईएमई प्रुडेन्सियल इन्स्योरेन्सको छ । यसको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३५ हजारसहित अग्र स्थानमा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स