बसन्त चौधरीको नर्भिकमा शल्यक्रिया, भएको के हो ?

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ ।

‘नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको टिमको सहभागिता थियो । टिममा डा. सुनिल श्रेष्ठ, सञ्जिवभक्त श्रेष्ठको सहभागिता थियो । सो टिमलाई डा. सुरेश लामिछाने नेतृत्वको एनेस्थेसिया टिम, नर्सिङ स्टाफ लगायतको सहयोग रहेको थियो ।’

शल्यक्रियापछि ६४ वर्षीय चौधरी नर्भिक अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई वर्षअघि पनि चौधरीको प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो । सो समस्या पुनः बल्झिएको हो ।

प्रोस्टेटको ट्रान्सयुरेथ्रल रिसेक्शन (त्ग्च्ए) एक सर्जिकल प्रक्रिया हो, जसमा प्रोस्टेटको एक भाग काटिन्छ। प्रोस्टेट ग्रन्थी पुरुषको पिसाब थैली मुनि अवस्थित हुन्छ ।

प्रोस्टेट ग्रन्थी बढेपछि पिसाबको बाटो अवरोध हुन्छ । र, उपचारको रुपमा प्रोस्टेटको शल्यक्रिया गर्ने गरिन्छ । एकपटक प्रोस्टेटको उपचार गरिसकेपछि कतिपयको नली खुम्चिने, कतिपयको पूरा नकाटिएको वा पुनः बढ्ने अवस्था पनि बन्छ । यहीकारण कतिपयको एकपटक प्रोस्टेटको शल्यक्रिया गरेपछि पुनः समस्या बल्झिनसक्छ ।

चिकित्सकहरुकाअनुसार ४५ वर्ष उमेर पूरा भएका पुरुषले प्रोस्टेट ग्रन्थीको समय–समयमा परीक्षण गरिरहनुपर्छ ।

प्रतिक्रिया

हेडलाइन्स