फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, कतिले बढ्यो ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य पुनःबढाएर पठाएको हो ।

जसअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर ३७ पैसाले बढेर आएको छ ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम रहेको छ ।

यसअधि भारतले जेठ १८ गते पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसाले बढाएर पठाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स