युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परीसरमा सञ्चालन भएको व्यापार मेला कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । जेठ २९ गते सोमबार देखि असार १ गते शुक्रबार (५ दिन) सम्म सञ्चालन भएको उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।

यस महोत्सवमा २५ भन्दा धेरै स्टल राखिएको छ र ती स्टलहरूमा खानेकुरा सहित बजारमा उत्पादन भएका सामानहरु राखिएको छ । यस कार्यक्रमका लागि कलेजले विद्यार्थीहरुलाई आर्थिक ऋण उपलब्ध गराउछ र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो व्यापार सुरु गर्द्छन् । यस कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो उद्यामी क्षमता विकास गर्नुको साथसाथै उनिहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ ।

यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यावसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तिृत रूपमा बुभm्ने अवसर पाउनेछन् । यहाँ सिकेका कुरा आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरुले त यो विजनेश आइडियालाई नै अगाडी बडाउने लक्ष्य लिएका छन् ।

यस कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनिय उपस्थिीति भएको थियो र यस कार्यक्रममा ५ हजार जनाले अवलोकन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स