अपर स्यांगे हाईड्रोपावरले असार १० गतेबाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

काठमाडौं । अपर स्यांगे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले कम्पनीको आईपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कितात र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्भकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यसअघि कम्पनीले आयोजा प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले लमजुंग जिल्लाको मस्र्याङदी गा.पा. वडा नं. ४, स्यांगे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८र११र१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ ।

कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स