आजदेखि लाइएमई लाइफ इन्स्योरेनसको आईपीओ जारी

कति कित्ता आवेदन दिने ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज शुक्रबार असार १ गतेदेखि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि पनि ९६ लाख कित्ता सेयर खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । रेटिङ एजेन्सी केयर नेपालले आईएमई लाइफ इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपीले त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स