३२ सय पुगेको नेप्से घटेर २५७७ मा आयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.९३ अंकले घटरे २५७७.४९ विन्दुमा आएको छ । आज नेप्सेमा २३२ कम्पनीको सेयर ५२ हजार ३९१ पटक कारोबार भएको छ ।

८९ लाख ४८ हजार ९३७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।
साताको पहिलो दिन नै नेप्सेका सबै उपसमूहहरु घटेर राता भएका छन् ।

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर भने ९.९७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स