घोराही सिमेन्टको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख २२ हजार भन्दा बढीको आवेदन परेको छ । आज साँझ ५ः११ बजेसम्ममा १ लाख २२ हजार ८२८ जना आवेदकबाट २ अर्ब २३ करोड ३७ लाख ६८ हजार ५०० रुपैयाँ बराबरको ५१ लख ३५ हजार १०० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयरको ७४.२९ प्रतिशत हो ।

कम्पनीले आज जेठ ३२ गतेबाट सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँट गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिन पाइनेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी९आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा असार ४ गते र ढिलोमा असार १४ गते बैंकिङ समयपछि हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स