नेप्सेमा आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ।

मर्जर प्रयोजनका लागि नेप्सेले असार १ गतेदेखि लागू हुने गरी आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। लघुवित्तले जेठ २८ गते मर्जर प्रयोजनको लागि सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पत्र पठाउँदै आग्रह गरेको थियो ।

मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि सेयर कारोबार रोक्का राख्न पाइने व्यवस्था छ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गरी भोलि असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। डिप्रोक्सले आदर्शलाई १ः१ सेयर स्वाप रेसियोमा गाभेको हो।

दुवै संस्था एक भएपछि लघुवित्तको चुक्ता पूँजी एक अर्ब ५५ करोड १० लाख रुपैयाँ पुग्ने छ ।

आदर्शलाई गाभनेर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ।

प्राप्ति पश्चात डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय चितवनको भरतपुर महानगरपालिका वडां. १० भरतपुरमा रहनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स