एनएमबि बैंकले कर्जामा ५ प्रतिशत बेसरेट जोड्ने बचतको ब्याज भने अधिकतम ८.४० प्रतिशत

काठमाडौं । एनएमबि बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । एनएमबि बैंकले कर्जामा ५ प्रतिशत बेसरेट जोड्ने बचतको ब्याज भने अधिकतम ८.४० प्रतिशत लिने भएको छ ।

बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ ।

बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, बैंकको एनएमबि जन्मभूमि बचत खाता (रेमिट्यान्स)मा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गर्ने बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स