काठमाडौं । नबिल बैंकले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।
जसअनुसार, बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत, रेमिट्यान्स खातामा ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ ।
त्यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै, रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.८३ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१४ प्रतिशत रहेको छ ।