सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ११ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स