नबिल बैंकले १ सय जना कर्मचारी माग्यो (कुन पदको लागि कति, कस्ता छन् योग्यता ?)

काठमाडौं । नबिल बैंकले विभिन्न पदका १ सय जना कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि विज्ञापन आह्वान गरेको हो ।

बैंकले ट्रेनी असिस्टनेन्टका लागि ५० जना र जुनियर टेलर पदका लागि ५० जना गरी जम्मा एक सय जना कर्मचारी मागेको हो । ट्रेनी असिस्टनेन्ट पदका लागि दोस्रो श्रेणीमा स्नातक तह उतिर्ण गरेको हुनु पर्नेछ । यस्तै, जुनियर टेलर पदका लागि प्लस टू उतिर्ण गरेको हुनु पर्ने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले असार १३ गतेसम्म निवेदन पेश गर्न सक्ने छन् । बैंकले खुलाएको विज्ञापनमा कसैको भनसुन नलाग्ने र आफ्नै योग्यता र क्षमताको आधारमा परीक्षा पास गर्नेले मात्र सो जागीरमा अवसर पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स