इप्पानको अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी निर्विरोध निर्वाचित

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिले योग्यता नपुगेको भन्दै अध्यक्षमा उम्मेदवारी दिएका किरण मल्लको उम्मेदवारी रद्द गरिदिएपछि कार्की निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले योग्यता नपुगेको भन्दै बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुर्य अधिकारीको उम्मेदवारी रद्द गरिदिएपछि डाँगी निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै ५ उपाध्यक्ष पनि निर्विरोध भएका छन् । उपाध्यक्षमा भरत खत्री, उत्तम ब्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग, र आनन्द चौधरी निर्विरोध भएका छन् । महासचिवमा बलराम खतिवडा निर्विरोध हुँदा उपमहासचिवमा प्रकाश दुलाल निर्विरोध भएका छन् । त्यस्तै कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध चयन भएका छन् ।

५ जना सचिवमा भरत नेपाल, भरत खड्का, कविता पोखरेल, विक्रम विष्ट र हिम प्रसाद पाठक निर्विरोध चयन भएका छन् । महिला सदस्यमा ईशा श्रेष्ठ, सुशन कर्माचार्य र सुमन कुमारी जोशी निर्विरोध चयन भएका छन् ।

सदस्यमा भने चुनाव हुने भएको छ । ७ जना सदस्यको लागि १४ जना प्रतिस्पर्धामा छन् । सदस्य पदको लागि टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणि नेपाल, मिथुन चक्रवर्ती प्रकाश पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, विषक पौदेयल, उत्तर कुमार श्रेष्ठ, तारा सुब्बा, कदम केसी, सिताराम तिमल्सिना र विकाश कुमार हश्रेष्ठ प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स