प्यारासुट स्किनप्योरले ल्यायो घाम र प्रदूषणसँग लड्न आफ्नो ब्राइटेनिंग गोटमिल्क फेसवाश

काठमाडौं । स्किन केयरमा प्रख्यात ब्राण्ड प्यारासुट स्किनप्योर फेसवाशले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश प्रस्तुत गर्दै आफ्नो पछिल्लो अभियान सुरु गरेको छ । वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्डले तिनीहरूले छालामा पुर्याउन सक्ने हानिकारक प्रभावहरूको बारेमा र यी चुनौतीहरूसँग लड्न शक्तिशाली समाधान प्रदान गर्न सर्वसाधारणलाई सचेत गराउने लक्ष्य राखेको छ ।

ब्रान्डले छालाको प्रभावकारी हेरचाहको समाधान खोज्नेहरूलाई मुलायम, चम्किलो र स्वस्थ छाला प्रदान गर्न प्राकृतिक सामग्री सँगै बाख्राको दूधको शक्ति प्रयोग गर्ने लक्ष्य राखेको छ । आजको द्रुत संसारमा हाम्रो छालाले निरन्तर विभिन्न अप्ठ्याराहरूको सामना गरिरहेको छ जसले यसलाई सुस्त, थकित र प्राकृतिक चमकरहित बनाउन सक्छ । प्यारासुट स्किनप्योरले छाला सफा गर्ने मात्र नभएर छालालाई उज्यालो र पुनर्ताजगी गर्ने खालको हेरचाह उपलब्ध गराउँछ ।

बाख्राको दूध लामो समयदेखि छाला हेरचाहमा आफ्नो असाधारण गुणहरूको लागि जानिन्छ । अत्यावश्यक पोषक तत्व, भिटामिन र खनिजले भरिपूर्ण बाख्राको दूध छालालाई मोइस्चराइज गर्न, स्वच्छ राख्न र निको पार्न परिचित छ । प्यारासुट स्किनप्योरले फेसवाश बनाउनको लागि बाख्राको दूधको पौष्टिक गुणहरूलाई अन्य प्राकृतिक सामग्रीहरूसँग मिलाएर प्रभावकारी परिणामहरू प्रदान गर्ने सूत्र तयार गरेको छ ।

प्यारासुट स्किनप्योर फेसवासका बारेमा :
प्यारासुट स्किनप्योर फेसवास अग्रणी उपभोग्य वस्तु उत्पादक कम्पनी मारिको लिमिटेड अन्तर्गत छाला हेरचाह श्रेणीको ब्रान्ड हो । यो फेसवास तीन विभिन्न प्रकारमा उपलब्ध छस् चिल्लोपना नियन्त्रणका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ एलोभेरा फेसवाश, चमकका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश र एन्टी पिम्पलका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ ओरेन्ज फेसवाश ।

मारिकोका बारेमा :
मारिको लिमिटेड विश्वव्यापी सौन्दर्य प्रसाधन र वेलनेस कोटिमा भारतको अग्रणी उपभोग्य वस्तु उत्पादक कम्पनीहरूमध्ये एक हो । मारिकोले कपालको हेरचाह, छालाको हेरचाह, खाने तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वस्थ खाना, पुरुष ग्रूमिङ र कपडाको हेरचाहमा अग्रणी ब्रान्डहरूको संचालन गर्छ । आर्थिक वर्ष २०२०/२१ मा मारिकोले भारतमा र एशिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिकाका सीमित बजारहरू मार्फत् मात्र लगभग साँढे असी बिलियन (१.१ बिलियन डलर) को रेकर्ड कारोबार गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स